२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता



अ+ अ-

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाहेरीका विषयमा प्रहरी र जाँचबुझ आयोगबीच असमझदारी देखिएको छ ।

आयोगले आजको बैठकबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरी प्रहरीमा नै फिर्ता पठाउने निर्णय गरेको हो ।

यसअघि काठमाडौं प्रहरी परिसरले ती जाहेरी दर्ता गर्न अस्वीकार गर्दै विषय आयोगको कार्यक्षेत्रमा पर्ने दाबी गरेको थियो । तर आयोगले फौजदारी अपराधसम्बन्धी अनुसन्धान र अभियोजन आफ्नो अधिकारक्षेत्रमा नपर्ने भन्दै जाहेरी पुनः प्रहरीमा पठाएको हो ।

आयोगले जारी गरेको विज्ञप्तिमा फौजदारी अपराधमा संलग्न जोकोहीलाई सरकारले तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने कानूनी व्यवस्था रहेको स्पष्ट गरेको छ ।

यससँगै उक्त घटनाको अनुसन्धान जिम्मेवारीबारे प्रहरी र आयोगबीच अझै स्पष्टता नआएको देखिएको छ ।