२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनालाई जित्ने इटालीकी १०३ वर्षीया वृद्धाको भनाई– आत्मबलले बाचेँ



अ+ अ-


रोम – यतिबेला कोरोनाभाइरसको संक्रमणले विश्वलाई नै त्रसिद् बनाएको छ । समाचारमै भनिन्छ कि विश्वभर नै वृद्धवृद्धाहरुलाई यो भाइरसको धेरै खतरा छ । धेरै मृत्यु बृद्धबृद्धाकै भएका रिपोर्टहरु पनि आइरहेका छन् । तर इटालीमा कोरोना संक्रमित १०३ वर्षीया एक वृद्धाले भने भाइरसलाई परास्त गरेकी छिन् । १०३ वर्षिया अडा जानुस्सोले सबैलाई आश्चर्यचकित बनाएकी छिन् । उनी निको भएर केयर होममा फर्किएकी छिन् ।
अडा यही आउने अगस्ट महिनामा १०४ वर्षमा टेक्दैछिन् । जानुस्सोको यो कथालाई अहिले इटाली र विश्वभर अनौठो एवं आश्चर्यजनक घटनाका रुपमा प्रकाशन, प्रशारण गरिएको छ । आखिर जानुस्सोले कसरी प्राणघातक कोरोनाभाइरसलाई पराजित गरिन् ? उनको अनुभव छ– मेरो साहस र आत्मविश्वास हो ।


राज्यको सम्मान पाएकी जानुस्सो ठीक भएको परिघटनालाई अरुका लागि प्रेरणाको रुपमा व्याख्या गर्न थालिएको छ । इटाली र फ्रान्समै “सुपर ओल्ड” अर्थात् १०० वर्ष नाघेका अतिवृद्ध नागरिकको विशेष दर्जा पाएका धेरै कोरोना संक्रमितको यसपटक मृत्यु भएको छ ।
एसोसिएटेड प्रेससँगको गत मंगलबारको एक संक्षिप्त अन्तर्वार्तामा जानुस्सोले भनिन् – “म अहिले ठीक छु, स्वास्थ्य राम्रो छ ।” उनी अहिले वृद्धवृद्धाका लागि बनाइएको लेस्सोनाको मारिया ग्राजिया रेसिडेन्समा बस्छिन् । उनले भनिन् “म टिभी हेर्छु, अखबार पढ्छु ।”
जानुस्सोले सुरक्षात्मक मास्क लगाएकी हुन्छिन् । उनको देखभाल गर्ने ३५ वर्षीया डक्टर कार्ला फर्नो मार्चेसले पनि मास्कका अतिरिक्त आँखा र टाउको ढाक्ने विशेष सुरक्षात्मक साधनको प्रयोग गर्छिन् ।
पहिले के भएको थियो भनेर सोधिएको प्रश्नमा जानुस्सोले भनिन् – “मलाई अलिअलि ज्वरो आएको थियो ।” डा कार्लाले जानुस्सोलाई एक साता अस्पतालको शैयामा राखिएको बताइन् । “जानुस्सोले एक सातादेखि केही नखाएका कारण शरीरको सुक्खापन हटायौं, र त्यसपछि पनि उनी त्यसै ओइलाएजस्तो र कुनै प्रतिक्रियाविहीन देखिन्थिन् ।”
“एक दिन उनले आँखा खोलिन् र विगतको झैं नित्यकर्ममा जुटिन्,” डा कार्लाले बताइन् । कार्लाका अनुसार जानुस्सो आफैं बस्न सक्ने भएपछि उठेर यताउता गर्न थालिन् ।
के ले उनलाई यो रोगबाट उम्कन सहयोग गरेको थियो ? जानुस्सो भन्छिन्, “केही होइन, साहस र आत्मविश्वास ।” यसैले उनलाई बचायो, र उनी बिरामी भएका अरुलाई पनि यही सल्लाह दिन्छिन् ।
कोविड–१९ ले सामान्य किसिमको लक्षण पनि देखाउन सक्छ, र त्यसैले त्यस्ता बिरामी चाँडै निको हुन्छन् । तर पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका बुढ्यौली उमेरका व्यक्तिहरुलाई भने बढी सताउँछ ।
इटालीमा अहिले लकडाउनको अवस्था छ । डा कार्लाले जानुस्सोलाई लकडाउन खुलेपछि के गर्नुहुन्छ भनी सोधिन् । उनको जवाफ फेरि पनि मर्मस्पर्शी र प्रेरणादायी छ । “म मज्जाले बाहिर हिँडडुल गर्न चाहन्छु ।” अनि तीन जना पनातिसँग ? “हो, मलाई उनीहरु खेलेको हेर्ने चाहना छ ।”
अहिलेलाई भने जानुस्सोलाई केयर होमका अरु व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । उनको स्वाब परीक्षण बेलाबेला गर्ने गरिएको छ, र सबैजसो रिपोर्ट नेगेटिभ आएका छन् ।
आगामी अगस्ट १६ मा १०४ वर्षमा प्रवेश गर्ने जानुस्सोका चार जना छोराछोरी (यीमध्ये तीन जना जीवित छन्), चार जना नातिनातिना र तीन जना पनाति पनातिनी छन् ।
डा कार्ला भन्छिन्, “उनी निकै बुढी छिन्, तर स्वस्थ । उनलाई कुनै दिर्घ रोग पनि छैन ।”
यसैसाता इटालीको मिलानस्थित अखबार कोरिएर डेल्ला सेराले पहिलो पृष्ठको पूरै भागमा जानुस्सोको कथा छापेको छ । ठूलो संख्यामा मानिसको मृत्यु भएर दुःखमा डुबेको इटालीमा जानुस्सोको यस प्रेरणादायी कथाले आम मानिसको मनमस्तिष्कमा एउटा सान्त्वना दिएको छ । (एपी समाचार समितिबाट अनुवादित)