२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो- ४ लाख ६० हजार संक्रमित



अ+ अ-


काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय पुगेको छ । बिहीबारसम्म यो संख्या पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसका साथै यहाँ कोरोनाको प्रकोप उच्च बिन्दुमा पुग्न लागेको संकेतहरू पनि मिलेको सो समाचार समितिले जनाएको छ।

अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसका कारण हुने मृत्यु यो साता चिन्ताजनक संख्यामा देखिने चेतावनी दिएका छन्। पछिल्लो आँकडा अनुसार अमेरिकामा संक्रमित संख्या बिहीबारसम्म ४ लाख ५९ हजार पुगेको छ। बिहीबार मात्रै त्यहाँ २७ हजार नयाँ संक्रमित भेटिएका उसले जनाएको छ। त्यसै बिहीबारमात्र यहाँ १ हजार भन्दा बढीको ज्यान गएको छ ।

यसैगरी रोयटर्सले कोरोना भाइरसको इपिसेन्टर न्यू योर्क राज्यमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरेको छ।

अमेरिकी स्वास्थ्य तथा राज्यका अधिकारीहरूले कोरोनाविरुद्धको लडाईंमा प्रगतिका संकेतहरू देखिएको बताउँदै आफ्ना नागरिकहरूले सामाजिक दुरीमा ध्यान दिनुपर्ने बताएका छन्। हाल अमेरिका कोरोना भाइरसका कारण नागरिक गुमाउने मुलुकमा दोश्रो स्थानमा पर्छ।

मंगलबार र बुधबार अमेरिकाले मृतक संख्यामा अहिलेसम्मकै धेरै भएका थिए । त्यहाँ मंगलबार र बुधबार गरी प्रत्येक दिन १ हजार ९०० जनाको ज्यान गएको थियो।