२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफसँग विवाह गरेपछि पनि करिनाले पैसामा कहिल्यै सम्झौता गरिनन्



अ+ अ-

एजेन्सी । हालै बलिउड अभिनेत्री करिना कपुरले पैसाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी छन् । उनले विवाहपछि आफूले कुन कुरामा सम्झौता नगरेकी हुन् भन्नेबारे पनि खुलासा गरेकी छन् ।

अभिनेत्री करिना कपुर खान बलिउडकी सबैभन्दा चर्चित नायिकामध्ये एक हुन् । आफ्नो मेहनत र समर्पणका कारण उनले त्यस्तो स्थान हासिल गरेकी छन्, जसको सपना धेरै महिलाले देख्छन् । उनको जीवनले महिलाका लागि स्वतन्त्रता, विशेषगरी आर्थिक स्वतन्त्रता कति जरुरी हुन्छ भन्ने कुरा देखाउँछ ।

पैसाप्रतिको दृष्टिकोणमा आएको परिवर्तन
हालै करिना कपुर दिल्लीमा आयोजित एक कार्यक्रममा सहभागी भएकी थिइन् । त्यहाँ उनले वर्षौंको अनुभवले पैसाप्रतिको उनको दृष्टिकोण कसरी बदलिएको छ भन्ने कुरा बताइन् । उनले भनिन्, “मलाई लाग्छ, पैसाप्रतिको मेरो दृष्टिकोण बदलिएको छ। स्पष्ट रूपमा, २६ वर्षदेखि काम गर्दा मैले पैसालाई हेर्ने तरिका नै बदलिएको छ ।”

महिलाले पनि बराबरी पारिश्रमिक चाहन्छन्
करिनाले थपिन्, “आजकल अभिनेत्रीहरूले पनि भन्न थालेका छन् कि उनीहरूलाई आफ्ना पुरुष सहकर्मीसरह पारिश्रमिक मिल्नुपर्छ । यसैले मलाई लाग्छ, यसले महिलाहरूलाई नयाँ दृष्टिकोण दिएको छ । आज पैसाको अर्थ फरक भएको छ। यो केवल बैंकमा पैसा हुनु मात्र होइन ।”

अभिनयमा स्वतन्त्रता चाहन्थिन् करिना
महिलाको आर्थिक स्थिति र स्वतन्त्रताबारे बोल्दै ‘जब वी मेट’ स्टार करिनाले भनिन् कि उनले विवाहपछि पनि कहिल्यै आफ्नो अभिनय स्वतन्त्रतामा सम्झौता गरेकी छैनन् । उनले भनिन्, “आज मानिसहरू जीवनको अनुभव लिन चाहन्छन् । यो अनुभव समयसँगै, काम गरेर, विवाह गरेर आउँछ । अनि तपाईंलाई महसुस हुन्छ कि तपाईं आफ्नो स्वतन्त्रता चाहनुहुन्छ । मसँग पनि यही भयो ।”

करिनाले थपिन्, “म सधैं चाहन्थें कि म अभिनेत्रीको रूपमा आफ्नो स्वतन्त्रता कायम राखौं । जब मैले सैफसँग विवाह गरेँ, त्यसबेला पनि । मलाई लाग्छ, म आफ्ना पैसाको मजा हरेक दिन लिन चाहन्छु ।”

करिना कपुरले हालै निर्देशक मेघना गुलजारको फिल्म ‘दायरा’को सुटिङ सुरु गरेकी छन् । यसमा उनले पृथ्वीराज सुकुमारनसँग स्क्रीन साझा गर्नेछिन् ।