४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणले बिहीवार गरेको राहत व्यवस्थापन सम्बन्धमा विपद् व्यवस्थापनको विभिन्न क्षेत्रमा काम गरिरहेका निकायसँगको छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहिन भए विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मिनिरल वाटर वितरण गरेपनि विपद्ग्रस्त क्षेत्रमा पीउने पानी उमालेर प्रयोग गर्नुपर्न सन्देश पु¥याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँहरुले मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुभएन भने अबको एक÷दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस् । नत्र भने पानी प्रदुषण भएकै कारणले हैजा, झाडापाखाला, टाईफाईड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहन्छ । त्यसकारण यस कुरामा संवेदनशील रहनुहोला । अर्को, खानेकुरामा पनि पनि सचेत रहन आवश्यक छ । ताजा खानेकुरा बनाएर दियो भने सबैभन्दा राम्रो । यदि त्यो सकिएन भने जङ्कफुडहरु दिएर भोलिको दिनमा बिरामी बढाउने काम विपद्को बेलामा हतारमा दिनुछ भनेर नगर्नुहोस् । तयारी खानेकुरमा म्याद हेरेर मात्र वितरण गर्नुहोस् । म्याद गुज्रिएको खानेकुरा छ भने त्यसले भोलिको दिनमा अर्को महामारी फैल्याउन सक्छ ।’

डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दुषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो ।