२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ सरकारको राहत कोषमा पौने दुई करोड जम्मा



अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा रु एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको छ ।

सो कोषमा नेपाली काँग्रेस, सिभिल बैंंक, मेगाा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन् ।

त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र भाटभटेनी मलले सहयोग रकम कोषमा जम्मा गरेको छ । कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सयोग रकम जम्मा गरेको जनाइएको छ ।