७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने कांग्रेस एमालेको तयारी !



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु रिट दायर गर्न सहमत भएका छन् ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफू नियुक्त भए लगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन् । यो संविधानविपरितको कदम भन्दै कांग्रेस र एमालेले रिट दर्ता गर्न लागेका हुन् ।

यी दुवै दल सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने मागसहित रिट लिएर जाने विषयमा गृहकार्यमा रहेका छन् ।

नेकपा एमालेका नेता महेश बस्नेत पनि रिट दर्ता गर्न पार्टी एक्लै जाने कि संयुक्तरुपमा जाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले कानुन व्यवसायीसँग आवश्यक छलफल गरी निर्णय गरिने बताउनुभएको छ ।

कांग्रेस र एमालेको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । दुवै दलले आ–आफ्नो केन्द्रीय समितिको बैठकबाट रिट दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने छन् ।

विघटित प्रतिनिधिसभाको ठूलो दल रहेको नेपाली काँग्रेसको यही असोज २६ गतेदेखि र नेकपा एमालेको २७ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दै छ ।

यसअघि प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि मुख्य तीन दलसहित प्रतिनिधि सभामा रहेका ८ वटा दलले त्यसको विरोधमा विज्ञप्ति जारी गरेका थिए ।

यसअघि संसद् विघटनको विरोध गरेको माओवादी केन्द्रले अब भने आफूहरू चुनावमा केन्द्रित हुने जनाएको छ ।
माओवादीको सचिवालय बैठकले नै निर्वाचनमा जुट्ने निर्णय गरिसकेको छ ।