काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल र भारतीबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको शुक्रबार ट्वीट गर्दै बताएका छन् । ओलीले आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।
भारत सरकारले उपलब्ध गराउने औषधी लगायतको सहयोगतका लागि समेत प्रधामन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका छन् ।