काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा कतारलाई हराउँदै यूएईले विजयी सुरुवात गरेको छ।
बुधबार भएको खेलमा यूएईले कतारलाई ७ विकेटले हराएको हो । अल इमिरेट्स क्रिकेट मैदान ओमानमा कतारले दिएको ११९ रनको लक्ष्य पछ्याएको यूएईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
कतारका लागि कप्तान मिर्जा मोहम्मद बैगले सर्वाधिक ३० रन बनाए । शहजैब जमीलले २० रन, शारिक मुनीर र मोहम्मद तनवीरले समान १९–१९ रन जोडे भने इक्रामुल्लाह खानले १७ रनको योगदान दिए ।
यूएईका लागि बलिङमा मुहम्मद रोहिद ले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए भने जाहिद अली ले पनि २ विकेट हात पारे।
यो जितसँगै यूएईले टी-२० विश्वकप छनोटको सुपर सिक्सतर्फ आफ्नो यात्रा सहज बनाएको छ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ र आज (बुधबार) साँझ कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।










