काठमाडौं । वैशाख ६ गतेसम्म देशभरका अदालतहरु बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।
सरकारले लकडाउनको अवधि बढाएसंगै देशभरका अदालतहरु लकडाउन खुलाएको तीन दिनपछिमात्र खुल्ने भएका छन् । सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो ।
शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ६ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।