२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा हुँदैन : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको बताउनुभयो । सरकारले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गर्ने निर्णय गरेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब क्टटी नभएको बताउनुभयो । उहाँले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरुमा आग्रह गर्नुभएको छ ।

यस्तै आइतबारयता छैटौँ दिनसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमण देखिएको छैन् । शनिबार एकैदिन तीनजनामा कोरोना भाइरसको लक्षण देखिएपनि त्यसयता भने नयाँ विरामी फेला नपरेको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका ६ सय ३० जनामा पनि नेगेटिभ देखिएको छ । उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको बताउनुभयो । अहिले ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा रहेका छन् ।

बिहीबारबाट ¥यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको छ । सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले जनाएको छ । ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

उपत्यका बाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ । कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरि पठाएको छ ।

सरकारले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन पनि आग्रह गरेको छ । शुक्रबार ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यका भित्र १५ र बाहिर ११० गरी १ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।