२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेतृत्वलाई ‘प्रबुद्ध नगारिक’को सुझावः क्षमा याचनासहित स्वेच्छिक अवकाश लिउ



file
अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनपछि देशभर उत्पन्न राजनीतिक संवेदनशीलता र जनआक्रोशबीच ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले शीर्ष राजनीतिक नेताहरूलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन सुझाव दिएका छन् ।

संयुक्त अपिल जारी गर्दै उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरूलाई नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट हट्न आग्रह गरेका हुन् ।

अपिलमा भनिएको छ, “विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ। यो कुनै दल विशेषको औचित्य वा भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्यका लागि पनि अपरिहार्य कदम हो ।”

उनीहरूले जेन–जी आन्दोलनले ल्याएको असाधारण राजनीतिक परिस्थिति र जनमतको सशक्त सन्देशलाई ध्यानमा राख्दै लोकतान्त्रिक परम्पराअनुसार सबै दलहरूले तत्काल विशेष महाधिवेशन बोलाई नयाँ नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

अपिलमा थप भनिएको छ कि नेतृत्व परिवर्तनले मात्र दलहरूमा आन्तरिक सुधार, जनउत्तरदायित्व र लोकतान्त्रिक पुनर्जागरणको बाटो खोल्नेछ ।