२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले कोरोनाविरुद्ब लड्न नेपालसहित १३ देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने



अ+ अ-

काठमाडौं । भारत सरकारले कोभिड-१९ विरुद्ब लड्न नेपालसहित १३ देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। छिमेकी राष्ट्र नेपालसहित १३ देशलाई कोरोनाविरुद्ध प्रभावकारी मानिएको ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाउन लागेको हो।

भारतले कोरोनाका बिरामीका लागि अहिलेसम्मकै प्रभावकारी ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’र पारा सिटामोल २५ देशलाई पठाउने यसअघि नै घोषणा गरिसकेको छ।

शुक्रबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सम्वादपछि भारतले यो औषधि नेपालमा पठाउने प्रक्रिया आजै टुंग्याएको छ।

दुवै नेताबीच संवाद भएपछि भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सहितको सहायता सामग्री पठाएको छ। जस अनुसार भारतले छिमेकीहरुमध्ये ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाइएका देशमा नेपाल, भुटान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन्।

भारतले कोरोनासँग जुधिरहेका स्पेन र जर्मनीमा पनि ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाएको छ। बहराइन, ब्राजिल र डोमिनिकन रिपब्लिकमा पनि ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सहितको सहयता सामग्रीको पहिलो खेप पठाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार कुरा भएलगत्तै भारतले स्वास्थ्य सामग्रीको पहिलो खेप नेपालतर्फ पठाउन लागेको हो।

यसै विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच वार्ता भएको थियो। दुवै प्रधानमन्त्रीले कोरोना नियन्त्रणको वर्तमान अवस्थाबारेमा छलफल गरेका थिए। कोभिड-१९ विरुद्ब लड्न दुवै देश मिलेर हरसम्भव प्रयास गर्ने सहमति दुई नेताले गरेका थिए।

दुवै देशमा बन्दाबन्दी रहेको अवस्थामा दुवै देशका आ/आफ्नो देशमा रहेका नागरिकको सुरक्षा गर्ने सहमति दुवैबीच भएको थियो। नेपालमा रहेका भारतीय नागरिकको नेपाल सरकारले ख्याल गर्ने र भारतमा रहेका नेपाली नागरिकको स्वास्थ्यको हेरचाह भारतले गर्ने सहमति भएको छ।

भारतीय प्रधानमन्त्रीले आवश्यक सहयोग पाइपलाइनु मा रहेको बताएलगत्तै पहिलो खेप आउन लागेको हो। ओलीले शुक्रबार अतिआवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर सहयोग गरिदिएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए।

अतिआवश्यक वस्तुहरुको सीमापारबाट सहज आपूर्ति मिलाउने व्यवस्था गर्न पनि दुवै नेता सहमत भएका थिए। वर्तमान अवस्थामा सहकार्यको अझ थप सुनिश्‍चित गर्न उनीहरुले जोड दिएका थिए।

सार्कस्तरीय भिडियो कन्फ्रेन्सले पनि सबै मुलुकलाई कोभिड-१९ विरुद्ध लड्नका लागि बल मिलेको थियो। मोदीले यसमा सन्तुष्टि जनाएका छन्।

ओलीले शुक्रबार कोरोना भाइरसका कारण ज्यान गुमाएका भारतीय जनताप्रति समवेदना प्रकट गरेका थिए। त्यसैगरी भारतीय प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ब लडिरहेको नेपाली जनताको प्रशंसा गरेका थिए।

दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ जोड दिने र दुवै राष्ट्रको लागि फाइदा हुने कुरामा सम्बन्धलाई अझ मजबुत बनाएर लाने गरि सहमति भएको छ।