काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरि जाहेरी दिने भएको छ ।
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीको जिम्मेवारी बनाउदै प्रमुख साह र गुरुङविरुद्ध देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिने अखिलले जनाएको छ ।
आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने बताउदै अखिलका महासचिव दीपक धामीले भने, ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । केन्द्रको समन्वयमा आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं ।’
यसअघि मंगलबार बालेन र सुदनविरुद्ध जाहेरी दिन अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको थियो । तर, प्रहरीले अखिलको जाहेरी दार्ता भने गरेन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।










