८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली
अ+ अ-

काठमाडौँ । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सि.पी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्ने बताउनुभएको छ ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको विपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताउनु भयो ।

२०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि  विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताउनु भयो । देशलाई यो ठाउँमा ल्याउने काम राजनीतिक दलहरु नै गरेको भन्दै शान्ति क्षेत्रको प्रश्तावलाई पनि राजनीतिक दलहरुले नै खारेज गरेको बताउनु भयो । राजनीतिक दलहरुले नै खुकुलो नागरिकताको नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन उहाँले विचार राख्नुभयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने विपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ । जाज्वल्यमान बनेको छ । विपीको २०३३ सालका विचारहरु राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्नेकुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरु नै हौँ । शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’

महासचिव मैनालीले भारत नेपालका लागि धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी गर्नुभयो । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भने र नमानेको जिकिर गर्नुभयो । भारतले नेपालका लागि सहयोगको कुरा गरे पनि कसरी नेपाल गरिव हुन्छ ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? भन्नेबारेमा सोच्ने गरेको बताउनु भयो ।  भारतले नेपाललाई आफ्नो क्षेत्र भनेर व्यवहार गरिरहेको बताउनु भयो । यसबेलामा देशका शक्तिहरु सबै मिल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो दक्षिणको छिमेकी धेरै अफ्ठ्यारो छिमेकी प¥यो । हामी ताक्छौँ मुढो, छिमेकी ताक्छ हाम्रो घुँडो । त्यो छिमेकीले कहिल्यै पनि नेपाल स्वतन्त्र मुलुक भनेर मान्दैन । सार्वभौम भनेर त्यसले अहिले पनि मान्दैन । सहयोगको कुरा जहिल्यै गरेपनि कसरी नेपाल गरिव हुन्छ ? कसरी यिनीहरुलाई तन्नम बनाउने ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? यस्तो अफ्ठ्यारो पार्दछ ।’

महासचिव मैनालीले विगतका राम्रा सिद्धान्तहरु पुनः लागू गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । भारतले नेपाललाई निल्नसक्ने जिकिर गर्नुभयो । देशलाई जोगाउने संविधान र व्यवस्था नल्याइकन नेपाललाई बचाउन नसकिने बताउनु भयो । परम्परागत राजाको आवश्यकता भइसकेको बताउनु भयो ।