काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। शनिबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका हुन्।
प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र यसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासको विषयमा छलफल गरेका हुन ।
तीन घण्टाअघि सुरु भएको छलफल अहिलेसम्म जारी छ। कन्फरेन्समा सबै मुख्यमन्त्रीले प्रदेशमा भए गरिएका प्रयाशको बारेमा जानकारी गराएका छन्।
गत मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। चैत १४ गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए।