२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा मजदुरको पिडा : पाँच दिनको पैदल यात्रापछि प्यूठानबाट जुम्ला



अ+ अ-

प्यूठान । लकडाउन हुनुअघि मजदुरीका लागि प्यूठानमा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला पुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदुरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै जुम्ला पुगेका हुन् । हिमा गाउँपालिका–६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदुरीका लागि प्यूठान जिल्ला पुगेको बेलामा कोरोना भाइरसका कारण देश लकडाउन भएको र कामबिहीन भएपछि आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताउनुभयो ।

यसैगरी, हर्क तिरुवाले लकडाउनको मिति निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, विस्कुट र पानीको भरमा दिन रात हिँडेर जुम्ला पुगेको सुनाउनुभयो । कालीकोट जिल्लाका नौ जना र जुम्लाका चार जना गरी १३ जनाको भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । “लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो”, तिरुवाले भन्नुभयो ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठानबाट जुम्ला र कालीकोटका स्थानीय युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका–७ ताम्तीगाउँबाट जानकारी प्राप्त भएपछि त्यहाँको स्थानीय र प्रहरीको टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार जना, पलाता गाउँपालिकाका पाँच जना र जुम्ला हिमा गाउँपालिका–६ महाबै पाथरखोलाका चार जना युवालाई नाग्म हेल्थ डेस्कमा चेकजाँच गरी १४ दिनसम्म बस्ने गरी क्वारेन्टाइनमा राखिएको छ ।

नौ मजदुर अलपत्र

यसैबीच जुम्ला कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका नौ जना मजदुर अलपत्र परेका छन् । लकडाउनका कारण काम रोकिएपछि घर र्फकने वातावरण नहुँदा उनीहरू पुल निर्माणस्थल नजिकै बसिरहेका छन् । जुम्ला घर भएका मजदुर जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेको हुन् । कामको सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उहाँले बताउनुभयो ।

समस्यामा परेका मजदुरलाई तिला गाउँपालिकाले तत्काल ९० केजी चामल, ३० केजी दाल, ३५ केजी आलु, १५ पाकेट नुन र दुई पेटी तेल उपलब्ध गराएको छ । घर फर्काइदिन अनुरोध गरेका मजदुरलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकोले जुम्लामै ढुक्कसँग बस्न आग्रह गर्नुभयो ।