२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म अनैतिक र भ्रष्ट ? बात गर्छन् ! : पूर्वमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनैतिक र भ्रष्ट कुरा नगर्न आग्रह गरेका छन्। सरकारका प्रवक्ता र सञ्चार मन्त्री रहेका बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएको अडिओ टेप सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्छन्। बाँस्कोटाले केही दिनदेखि लगातार विभिन्न विषयमा ट्वीट गर्दै आएका छन्।

शनिबार उनले लेखेको ट्वीटमा आफूले छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन्।

‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,’ उनले विगतका मन्त्री सम्झेर उदाहरण दिएका छन्, ‘सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् !’