१३ असार २०८३, शनिबार
,
Latest
केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म अनैतिक र भ्रष्ट ? बात गर्छन् ! : पूर्वमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनैतिक र भ्रष्ट कुरा नगर्न आग्रह गरेका छन्। सरकारका प्रवक्ता र सञ्चार मन्त्री रहेका बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएको अडिओ टेप सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्छन्। बाँस्कोटाले केही दिनदेखि लगातार विभिन्न विषयमा ट्वीट गर्दै आएका छन्।

शनिबार उनले लेखेको ट्वीटमा आफूले छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन्।

‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,’ उनले विगतका मन्त्री सम्झेर उदाहरण दिएका छन्, ‘सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् !’