२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले मन्त्री, मुख्यमन्त्री कसैलाई चिन्दैन, लक डाउन भनेपछि लक डाउन : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लगकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको हो । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिनुभएको छ ।

भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उहाँले बताउनुभयो । यस्तै अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गरिने, लकडाउनलाई निरन्तरता दिने र ससंक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पस्ट हुन आग्रह गर्नुभएको उहाँले बताउनुभयो । भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो । नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएकोहुनाले जीवन रक्षामा केन्द्रीत हुने र नागरिकलाई दुख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पस्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको उहाँले बताउनुभयो ।

सरकारले योजनाबद्ध रुपले काम गरेको स्पस्ट पार्दै कुनैपनि समय वा १५/१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजि नगर्नपनि मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । जनतामा मनोबैज्ञानिक त्रास नहोस भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । भिडियो कन्फ्रेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरुले संक्रमणको अवस्था खतरापूर्ण हुँदा सम्म लकडाउन प्रति नरम हुन नहुने कुरा राख्नु भएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिनुभएको उहाँले बताउनुभयो । यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरु थपिएको र अझ अत्यावस्यक पूर्वाधारहरु प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझबढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले जोड दिनुभएको उहाँले बताउनुभयो ।