२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौंमा



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेको हो । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूह परिसर आएको अखिलले बताएको छ ।

भदौ २४ मा जेन—जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो ।