१३ असार २०८३, शनिबार
,
Latest
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीका संक्रमित युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ



अ+ अ-

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ३ जना कोरोना संक्रमितको रिपोर्ट फेरि पनि पोजिटिभ आएको छ । प्रादेशिक अस्पतालमा उपचाररत ३ जनाको तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

धनगढीका युवकका तेस्रो पटक र उनकी भाउजूसहित भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको दोस्रो पटक थ्रोट स्वाबको नमूना परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

त्यस्तै, मुम्बइबाट फर्किएका कैलालीको लम्कीचुहाका २१ वर्षीय पुरुषको परीक्षणको रिर्पोट भने आउन बाँकी रहेको बताइएको छ । संक्रमितको ४ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।