२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन तत्काल हट्दैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरिएको भिडियो कन्फरेन्समा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसविरुद्ध लड्न सरकारभन्दा बाहेक अन्य आवश्यक नरहेको बताएका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स गरेका थिए ।

फाईल फोटो

कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशभर लागु गरिएको लकडाउन तत्काल नहट्ने बताए । भिडियो कन्फरेन्समा उनले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको पनि बताए ।

साथै प्रधानमन्त्री ओलीले भारतमा कोरोना संक्रमण तीव्र गतिले बढिरहेको बेला नेपालमा लकडाउन हटाउँन नसक्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले सीमा नाकामा अझै थप कडाई गर्नुपर्नेमा सबै मुख्यमन्त्रीहरूलाई सुझाव दिएका छन् ।