२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनजन्य विपद्‍बाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो



अ+ अ-

काठमाडौँ। असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको निधन भएको उहाँले बताउनुभयो ।

यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ । उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ ।

रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक÷एक जना महिलाको निधन भएको छ । यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।