२४ कार्तिक २०८२, सोमबार
,
Latest
‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस् जेनजी आन्दोलनमा रोटी सेक्नेहरु एमालेका विरुद्धमा छन्ः नेतृ झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दियाे कतारलाई १ सय ७१ रनकाे लक्ष्य



अ+ अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे ।

उनले ३३ बलमा ५६ रन जोडे । यस्तै, कुशल मल्ल २० बलमा ३८ रन बनाएर अविजित रहँदा दीपेन्द्रसिंह ऐरी पनि २१ बलमा ३८ रन बनाएर आउट भए ।

सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा आउट भए भने आरिफ शेखले ९ बलमा १३ रन बनाए।

बलिङमा कतारका शारिक मुनिर र इक्रामुल्लाहले २-२ विकेट लिए।