२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको साँघुरो जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो ।

सिटीको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालाण्डले गरे । उनले खेलको सुरुवाती चरणमा नै गोल गरेका थिए । खेलको नवौं मिनेटमा उनले गरेको गोलले नै सिटीलाई महत्वपूर्ण जित दिलायो ।

जितसँगै सिटी ७ खेलबाट १३ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । ब्रेन्टफोर्ड भने ७ अंकका साथ १६ औं स्थानमा छ ।