३० कार्तिक २०८२, आईतवार
,
Latest
संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् भर्खरै सम्पन्न प्रिमियर लिगका खेलहरुको नतिजा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई २–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा ब्रुनो गिमारेजले ५८ औं मिनेटमा तथा निक वोल्टमेडले ८४ औं मिनेटमा (पेनाल्टी)मा गोल गरे । न्युक्यासल ७ खेलबाट ९ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने नटिङहम ५ अंकका साथ १७ औं स्थानमा छ ।

वल्भ्स र ब्राइटनले अंक बाँडे
यस्तै अर्को खेलमा वल्भ्स र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । २१ औं मिनेटमा ब्राइटनका बार्ट भर्वुगेनको आत्मघाती गोलबाट वल्भ्सले सुरुवाती अग्रता लिएको थियो । ८६ औं मिनेटमा जान पल भान हेकेले गोल फर्काउँदै ब्राइटनलाई हारबाट जोगाए ।

ब्राइटन ७ खेलबाट ९ अंकका साथ १२ औं स्थानमा छ भने वल्भ्स २ अंकका साथ पुछारमा छ ।

एस्टन भिल्लाले बर्नलेलाई हरायो
यस्तै, अर्को खेलमा एस्टन भिल्लाले बर्नलेलाई २–१ गोलले हरायो । घरेलु टोलिको जितमा डोन्यल मालेनले दुबै गोल गरे । उनले २५ औं र ६३ औं मिनेटमा गोल गरेका हुन् । बर्नलेका लेस्ली उगोचुकुले ७८ औं मिनेटमा गोल गर्दै खेललाई फर्काए पनि अन्तिमसम्म यही नतिजा भयो ।

एस्टन भिल्ला ९ अंकका साथ तालिकाको १३ औं स्थानमा छ भने बर्नले ४ अंकका साथ १८ औं स्थानमा छ ।

क्रिस्टल प्यालेसमाथि एभर्टनको जित
यस्तै, अर्को खेलमा एभर्टनले क्रिस्टल प्यालेसमाथि पुनरागमन जित निकालेको छ । ३७ औं मिनेटमा डानियल मुनोजले गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७६ औं मिनेटमा इल्मान एन्डिएले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए । यस्तै, इन्जुरी समयमा ९०+३ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै एभर्टनलाई जित दिलाए ।

एभर्टन ७ खेलबाट ११ अंकका साथ सातौं स्थानमा छ भने प्यालेस १२ अंकका साथ पाँचौं स्थानमा छ ।