३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् भर्खरै सम्पन्न प्रिमियर लिगका खेलहरुको नतिजा



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई २–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा ब्रुनो गिमारेजले ५८ औं मिनेटमा तथा निक वोल्टमेडले ८४ औं मिनेटमा (पेनाल्टी)मा गोल गरे । न्युक्यासल ७ खेलबाट ९ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने नटिङहम ५ अंकका साथ १७ औं स्थानमा छ ।

वल्भ्स र ब्राइटनले अंक बाँडे
यस्तै अर्को खेलमा वल्भ्स र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । २१ औं मिनेटमा ब्राइटनका बार्ट भर्वुगेनको आत्मघाती गोलबाट वल्भ्सले सुरुवाती अग्रता लिएको थियो । ८६ औं मिनेटमा जान पल भान हेकेले गोल फर्काउँदै ब्राइटनलाई हारबाट जोगाए ।

ब्राइटन ७ खेलबाट ९ अंकका साथ १२ औं स्थानमा छ भने वल्भ्स २ अंकका साथ पुछारमा छ ।

एस्टन भिल्लाले बर्नलेलाई हरायो
यस्तै, अर्को खेलमा एस्टन भिल्लाले बर्नलेलाई २–१ गोलले हरायो । घरेलु टोलिको जितमा डोन्यल मालेनले दुबै गोल गरे । उनले २५ औं र ६३ औं मिनेटमा गोल गरेका हुन् । बर्नलेका लेस्ली उगोचुकुले ७८ औं मिनेटमा गोल गर्दै खेललाई फर्काए पनि अन्तिमसम्म यही नतिजा भयो ।

एस्टन भिल्ला ९ अंकका साथ तालिकाको १३ औं स्थानमा छ भने बर्नले ४ अंकका साथ १८ औं स्थानमा छ ।

क्रिस्टल प्यालेसमाथि एभर्टनको जित
यस्तै, अर्को खेलमा एभर्टनले क्रिस्टल प्यालेसमाथि पुनरागमन जित निकालेको छ । ३७ औं मिनेटमा डानियल मुनोजले गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७६ औं मिनेटमा इल्मान एन्डिएले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए । यस्तै, इन्जुरी समयमा ९०+३ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै एभर्टनलाई जित दिलाए ।

एभर्टन ७ खेलबाट ११ अंकका साथ सातौं स्थानमा छ भने प्यालेस १२ अंकका साथ पाँचौं स्थानमा छ ।

 




भर्खरै