काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
आईतवार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आईतवारबाट मौसम उघ्रिएको छ ।
आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त देख्न सकिन्छ । हिलाम्मे सडकमा सवारी गुडिरहेका छन् ।










