३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर र काभ्रेको सिमा साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध



अ+ अ-

काडमाडौं । भक्तपुर र काभ्रेपलाञ्चोकको सिमा क्षेत्र साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अबरुद्ध भएको छ । ढुंगा र लेदोसहितको पहिरो गएको हो ।

हिजोदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदोसहितको पहिरो खसेको हो ।

शनिबार साँझ ५ बजेदेखि नै स–साना ढुंगा र लेदोसहितको पहिरो झरेको थियो । तर राति करिब ९ बजेदेखि सो सडक खण्डमा दुईतर्फी यातायात आवगमन अवरुद्ध भएको छ । वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर फसेको छ ।

अवरुद्ध सडकखण्डमा अहिले एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्ला जाने सवारीसाधन सञ्चालनमा शनिबारदेखि नै रोक लगाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा तीन दिन रोकलगाएसँगै भक्तपुरको जगातीबाट पूर्व जाने सवारी पनि चलेका छैनन् ।