२४ कार्तिक २०८२, सोमबार
,
Latest
झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन पहिलो साता लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि कोशी टप्पुमा देखिन थाले पाहुना चरा प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर र काभ्रेको सिमा साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध



अ+ अ-

काडमाडौं । भक्तपुर र काभ्रेपलाञ्चोकको सिमा क्षेत्र साँगामा पहिरो जाँदा अरनिको राजमार्ग अबरुद्ध भएको छ । ढुंगा र लेदोसहितको पहिरो गएको हो ।

हिजोदेखि निरन्तर परेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदोसहितको पहिरो खसेको हो ।

शनिबार साँझ ५ बजेदेखि नै स–साना ढुंगा र लेदोसहितको पहिरो झरेको थियो । तर राति करिब ९ बजेदेखि सो सडक खण्डमा दुईतर्फी यातायात आवगमन अवरुद्ध भएको छ । वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर फसेको छ ।

अवरुद्ध सडकखण्डमा अहिले एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्ला जाने सवारीसाधन सञ्चालनमा शनिबारदेखि नै रोक लगाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा तीन दिन रोकलगाएसँगै भक्तपुरको जगातीबाट पूर्व जाने सवारी पनि चलेका छैनन् ।