काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई २–१ गोलले हराएको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा १४ औं मिनेटमा नै मोइसेस काइसेडोको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । ६३ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।
यता खेल सकिनै लाग्दा इन्जुरी समयमा इस्टेभाओले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । यो नतिजापछि लिभरपुल ७ खेलबाट १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेल्सी ११ अंकका साथ छैटौं स्थानमा छ ।










