२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले लिभरपुललाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई २–१ गोलले हराएको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा १४ औं मिनेटमा नै मोइसेस काइसेडोको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । ६३ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

यता खेल सकिनै लाग्दा इन्जुरी समयमा इस्टेभाओले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । यो नतिजापछि लिभरपुल ७ खेलबाट १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेल्सी ११ अंकका साथ छैटौं स्थानमा छ ।