२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय कप्तानबाट पनि हटे रोहित शर्मा, शुभमनलाई जिम्मेवारी



अ+ अ-

काठमाडौँ। रोहित शर्मालाई भारतको एकदिवसीय टोलीको कप्तानबाट हटाइएको छ।

अष्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको लागि घोषणा गरिएको भारतीय टोलीमा रोहित शर्मा समावेश भए पनि कप्तानको जिम्मा खोसिएको छ । उक्त श्रृंखलाका लागि शुभमन गिललाई कप्तान नियुक्त गरिएको छ।

रोहित र विराटले अन्तिम पटक मार्च ९ मा च्याम्पियन्स ट्रफीको फाइनलमा न्यूजील्याण्ड विरुद्ध एकदिवसीय खेलेका थिए । भारतले अष्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय र पाँच टी–२० खेल खेल्नेछ । पहिलो एकदिवसीय अक्टोबर १९ मा पर्थमा खेलिनेछ ।

दोस्रो खेल अक्टोबर २३ मा एडिलेडमा र तेस्रो अक्टोबर २५ मा सिड्नीमा खेलिनेछ । यसपछि पाँच खेलको टी–२० शृङ्खला हुनेछ। सूर्यकुमार यादवले टी–२० टोलीको कप्तानी गर्नेछन् ।

भारतीय टिमका प्रमुख छनोटकर्ता अजित आगरकरले भने, “२०२७ को एकदिवसीय विश्वकपमा रोहित शर्मा र विराट कोहलीको सहभागिता अझै निश्चित भएको छैन ।’