२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन, धादिङ र तनहुँमा जोखिमयुक्त सडकमा सवारी चलाउन रोक



अ+ अ-

काठमाडौं । लगातार वर्षा भएपछि तीन जिल्लामा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ ।

मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुङ्गा खस्ने क्रम जारी छ । यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ । ‘चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई (बिहान ६:०० बजेबाट) चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ ।

धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि करिब ६ बजेतिर माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।