१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रवेश गर्‍यो भारी वर्षा गराउने बादल, कहाँ–कहाँ पर्दैछ पानी ?



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गएरातिदेखि नै पानी पर्न थालेको छ । केही ठाउँमा भारी वर्षा भएको छ ।

भारतको बिहार, पूर्वी उत्तर प्रदेश हुँदै नेपालमा बादलको बाहिरी घेरा लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म पुगेको छ । ती प्रदशका अधिकांश स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । तर यो बादलको भित्रि घेरा नेपालको दक्षिणी भागमा पुगेको छ । भित्रि घेराले भारी वर्षा गराउँछ ।

यही बादलका कारण हेटौंडादेखि ललितपुर र आसपासमा मध्यम वर्षा हुँदै छ । यो वर्षा निरन्तर हुँदै जाने छ ।

भारी वर्षा हुने बादलको अवस्था दुई वटा भूउपग्रहमा समानता देखिएको छ ।

यो बादल आज दिउँसोदेखि थप सक्रिय हुने र राति झन् ठूलो वर्षा हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले बताएका छन् ।

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले आँकलन गरेका हुन् ।

शुक्रबार दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा सुरु भएकोमा आज दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने छ ।

बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थान वर्षाबाट प्रभावित हुने तथा लुम्बिनी र गण्डकीका केही स्थानमा पनि अति भारी वर्षा हुन सक्ने बताइएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि असोज २० गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले उक्त अवधिमा राति सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

यसैगरी आवश्यक सतर्कता अपनाउन पनि प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालयले विपद्का कारण हुन सक्ने जनधनको क्षति हुन नदिन हेटौंडा–काठमाडौं सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

कान्ति लोकपथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने सडकमा असोज २० गतेसम्म अपराह्न ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडा–भैंसे–काठमाडौं सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

ललितपुर प्रशासनले पनि कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका तथा महांकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी, संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न, पूर्वतयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न पनि प्रशासनले आग्रह गरेको छ ।

बीपी राजमार्गमा पनि असोज १६ देखि १५ दिनसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेको बिहिबार बसेको बैठकले बीपी राजमार्गमा साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्मको अवधिमा सवारी नचलाउन भनेको हो । समितिका अनुसार काठमाडौंबाट जाने सवारीलाई काभ्रे भन्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई नेपालथोकमा रोकिनेछ ।

यसैगरी, काठमाडौं प्रशासनले पनि असोज १७ देखि २० गतेसम्म जरूरी नभइ लामो दूरीमा रातको समय यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्प्रति सचेत रहन र जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउन अनुरोध गरेको जनाएको छ ।

सार्वजनिक सूचनामार्फत प्रशासनले अत्यावश्यक नपरी घर बाहिर ननिस्कन, पहिरो तथा डुबानको सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानको जानकारी राख्न र आवश्यक परेमा सर्ने तयारी गर्न आग्रह गरेको छ । त्यसैगरी बेशीशहर चामे सडकमा पनि राति सवारी चलाउन सरोक लगाइएको छ ।

मनाङबाट लमजुङको बेशीशहरसम्मको मनाङ सीमानाबाट बेलुकी साढे ६ बजेसम्म र लमजुङबाट मनाङतर्फ बेलुकी ७ बजेसम्म सवारी छुटिसक्नुपर्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।