३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथमा छ महिने महायज्ञ समापन



अ+ अ-

मुस्ताङ। हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिना लामो महायज्ञ आज समापन भएको छ ।

मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा यहाँ आयोजित महायज्ञ विधिवत रुपमा विशेष पुजापाठसहित समापन गरिएको हो ।

यहाँ कालिगण्डकी शालिग्राम तथा मुक्तिनाथको प्रचार÷प्रसार गर्ने, धार्मिक आस्थालाई एकअर्कासंग जोड्ने र विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा चैत रामनवमीदेखि विशाल महायज्ञ सुरु गरिएको थियो । स्वामी जगतगुरु कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार त्रिवेणीस्थित गजेन्द्र मोक्षधामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रा गर्दै महायज्ञ आयोजना गरिएको थियो ।

आज बडादसैँको शुभदिनमा विधिवत रुपमा पुजापाठ सहित महायज्ञ पूर्ण आहुती विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो ।

मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथधामबाट रथयात्रा सुरु भइ त्रिवेणी स्थित गजेन्द्र मोक्ष दिव्यधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी प्रताप आचार्यले जानकारी दिनुभयो ।




भर्खरै