४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेवार समुदायले मनाए मोहनी नखः

नेवार समुदायले मनाए मोहनी नखः
अ+ अ-

भक्तपुर। भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी नःख मनाएका हुन् ।

यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिबाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् ।

विजयादशमीको दिन बल र विजयीको प्रतीकका रुपमा रातो अक्षता, जमरा, र निधारको बीचमा मोहनी सिः नं. अर्थात कालो टीका लगाएर दसैँ मोहिनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिनुभयो ।

असत्यमाथि सत्यको विजय उत्सव अर्थात आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर देत्यलाई मोहनी लगाई लठ्याएर बध गरेको दिनका रुपमा समेत लिने गरेको उहाँले जानकारी दिनुभयो ।

मोहनी सिःनंलाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रुपमा समेत लिने गरिएको छ । आज बिहान टीकाको शुभसाइतमा घरघरमा कालो टीका अर्थात मोहनी सिः नं लगाएपछि घरघरबाट ब्रम्हायणी मन्दिरमा पूजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको व्रम्हायणी मन्दिरमा भव्य मेला लागेको छ ।

ब्रम्हायणी मन्दिरमा हजारौ दर्शनार्थीहरुले आज बाजागाजासहित शक्तिपीठका रुपमा रहेको व्रम्हायणी देवीको रुपमा पूजा एवं दर्शन गर्ने जानकारी दिँदैकालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रुपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद् प्रकाश कायस्थले जानकारी दिनुभयो ।

आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुन्छ । राति ब्रम्हायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दसैंमा अवसरमा खड्गयात्रा (पायाः) को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहदै आएको छ ।

मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवारहरू निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ ।

राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीहरुले पनि मोहनी नखः फरक महत्वका साथ मनाउने गरेका छन् ।रासस