४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जेनजी आन्दोलनका कारण मुख्यमन्त्रीको कार्यालयमा करिब १० करोडको क्षति

जेनजी आन्दोलनका कारण मुख्यमन्त्रीको कार्यालयमा करिब १० करोडको क्षति
अ+ अ-

कैलाली। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १०  करोडबराबरको क्षति भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूचना अधिकारी जगदीश जोशीका अनुसार आगजनी र तोडफोडबाट रु नौ करोड ७४ लाख ५१ हजारको क्षति भएको छ ।

मुख्यमन्त्री कार्यालयपरिसरमा राखिएका सातवटा चारपाङ्ग्रे सवारीसाधन, १३ सरकारी मोटरसाइकल र तीनवटा स्कुटर जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । आगजनीबाट भवनको दोस्रो तलामा रहेको मुख्यमन्त्रीको कार्यकक्ष पूर्ण रुपमा नष्ट भएको छ । साथै लेखासम्बन्धी कागजात र तेस्रो तलामा रहेका प्रशासनका केही कागजात मात्र जोगिएका छन् ।

मुख्यमन्त्री कार्यालयमा टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर, टेलिभिजन, दराज, सोफा, भवनका झ्याल, ढोका, कार्पेट, मार्बललगायत सबै सामान नष्ट भएको उहाँले बताउनुभयो । आन्दोलनका क्रममा केही सामान चोरीसमेत भएको बताइएको छ ।

मुख्यमन्त्री कार्यालयले तयार पारेको क्षतिको विवरणअनुसार कार्यालय र निवासमा रहेका भाँडाकुँडासमेत नभेटिएको जनाइएको छ । आन्दोलनका क्रममा धनगढीमा रहेका अधिकांश सरकारी कार्यालय आगजनी गरिएको थियो ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा भवन तहसनहस भएको छ । प्रदेश सभाको बैठक सञ्चालन हुने बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, डिजिटल क्यामेरा, भिडियो क्यामेरा, फोटोकपी मेसिन प्रिन्टर, एसीलगायत सामानजलेर नष्ट भएका छन्, हल खण्डहर बनेको छ ।रासस