१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारहरूको सङ्ख्या २५४ पुग्यो



अ+ अ-

गाजा। सन् २०२३ अक्टोबर– ७, देखि गाजा पट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारहरूको सङ्ख्या २५४ पुगेको जनाइएको छ ।

एक विज्ञप्ति जारी गर्दै गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भए पछि इजरायली युद्ध सुरु भएदेखि मारिएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २५४ पुगेको जनाएको हो ।

कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै पत्रकार सङ्गठनहरूलाई गाजा पट्टीमा पत्रकार र मिडिया व्यवसायीहरू विरुद्धको यी “व्यवस्थित अपराध“ को निन्दा गर्न आह्वान गरेको छ ।

यसले नरसंहारको अपराध रोक्न, गाजा पट्टीमा पत्रकार र मिडिया पेशेवरहरूको सुरक्षा गर्न र हत्याको अन्त्येको “गम्भीर र प्रभावकारी दबाब“ का लागि पनि सम्बन्धित पक्षलाई सहयोगका लागि आह्वान गरेको छ ।(रासस÷क्यूएनए)