३१ श्रावण २०८३, आईतवार
,
Latest
सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजीले बार्सिलोनालाई हरायो, सिटी मोनाकोसँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग १–२ गोलले स्तब्ध बनेको हो ।

खेलको १९ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलि बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा सेन्नी मायुलुले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । यस्तै, खेल सकिनै लाग्दा अन्तिमतिर अर्थात् ९० औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई जित दिलाए ।

पिएसजीको यो लगातार दोस्रो जित हो भने बार्सिलोनाले यसअघिको खेलमा भने सुखद नतिजा निकालेको थियो ।

यस्तै गएराति नै भएको अर्को खेलमा फ्रेन्च क्लब एएस मोनाको र इंग्लिस क्लब म्यान्चेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । १५ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै पाहुना टोलि सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा जोर्डन तेजेले गोल गर्दै मोनाकोलाई १–१ को बराबरीमा ल्याए । ४४ औं मिनेटमा हालाण्डले नै व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गर्दै २–१ ले अघि बढाए ।

९० औं मिनेटमा एरिक डायरले पेनाल्टीमार्फत गोल गर्दै मोनाकोको हार टारे ।




भर्खरै