काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी–२० सिरिज खेल्दैछ ।
नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरू हुनेछ । यसै सिरिजका लागि नेपाल क्रिकेट संघ– क्यानले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
मलेसियासँगको सिरिजबाट राष्ट्रिय टिमकी सिनियर खेलाडी सीता राना मगरले पुनरागमन गर्दैछिन् ।
थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ ।
नेपाली महिला टोलीमा इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर छन् ।










