४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

हराउँदै पिङ हाल्ने परम्परा

हराउँदै पिङ हाल्ने परम्परा
अ+ अ-

तनहुँ। दशैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपालीको मौलिक संस्कृति हो । पिङ नेपालीको संस्कृति र परम्पराको अभिन्न हिस्सा मानिन्छ । तर, समयको परिवर्तन, आधुनिकीकरण र युवा पुस्ताको प्रवास बसाईले यो परम्परा क्रमशः लोप हुँदै गएको छ ।

लोपोन्मुख अवस्थामा पुगेकाले स्थानीय युवाले पिङ संरक्षणमा सक्रिय भूमिका खेल्दै यस परम्परालाई निरन्तरता दिएको भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पिङ बिना गाउँमा दसैँ जस्तो लाग्दैन । लोप हुन नदिन समुदायबाट बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो ।” क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ ।

यस्तै, बन्दीपुर गाउँपालिका–२ स्थित चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले मौलिक संस्कृतिको संरक्षणका लागि पिङ बनाउने परम्परालाई निरन्तरता दिइएको बताउनुभयो । खर्च जुटाएरै भए पनि परम्परालाई निरन्तरता दिदै आएको उहाँको भनाइ छ । स्थानीय बुढापाकाको अनुभव अनुसार केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने पिङ अहिले हराउँदै गएको छ । व्यास–७ कलेस्तीका प्रदीप घिमिरेले दसैँ र तिहारमा पिङमा मच्चिने रमाइलो परम्परा अहिले लोप हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा नै चर्के पिङ, रोटे पिङ, लिङे पिङ देखिदैनन् । हाम्रा परम्परालाई संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको छ । संरक्षण गर्न सकिएन भने पछिल्ला पुस्ताका लागि पिङ कथा जस्तै लाग्नेछन् ।”

पिङ निर्माणका लागि बलियो सालको काठ आवश्यक पर्छ । त्यसका लागि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । जनशक्ति र सीपको कमी, प्रविधिको विकास र आधुनिक मनोरञ्जनका विकल्पले गर्दा पनि पिङ लोप हुने खतरा बढ्दै गएको छ ।

पिङ वर्षौ पुरानो र जीर्ण अवस्थामा पुग्न लागेकाले संयमित भएर खेल्न र खेलाउन आग्रह गरिएको चामुण्डा युवा क्लबका पिङ निर्माण समिति संयोजक नरेश बानियाले बताउनुभयो ।

उहाँका अनुसार मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी खेल्न तथा खेलाउन पूर्ण रुपमा रोक लगाइएको छ । उहाँले भन्नुभयो, “हर्षोल्लासका साथ दसैँ, तिहार मनाउन राखिएको पिङको पनि संरक्षण गर्दै सम्भावित दुर्घटनालाई न्यूनीकरणमा समेत आफैँ सचेत हुनुपर्छ ।”रासस