१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडीबीद्वारा भारतको मेट्रो रेल परियोजनाको लागि १९० मिलियन अमेरिकी डलर ऋण स्वीकृत



अ+ अ-

मनिला। एसियाली विकास बैङ्क (एडीबी) ले भारतमा इन्दौर मेट्रो रेल परियोजनाको निर्माणका लागि १९० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

यस परियोजनामा इन्दौरको अत्यधिक मानविय चाप भएको क्षेत्रलाई विमानस्थलसँग जोड्ने सात वटा स्टेसन सहित ८.६२–किमी स्थलगत मेट्रो लाइन निर्माण गरिएको थियो ।

मेट्रो लाइनले ग्रीन हाउस ग्याँस उत्सर्जनलाई वार्षिक रूपमा अनुमानित बाह्र हजार ४१४ टन कार्बन डाइअक्साइड घटाउने र भारतमा हावाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।

यस पहलमा सेवाहरूसँग बहुआयामिक एकीकरण, शैक्षिक संस्था र बजारमा पहुँच सुधार गर्ने लगायतका प्रयास समावेश गरिएको छ ।

मेट्रो, विमानस्थल, रेलवे र बस प्रणालीहरू बिचको सम्न्वयात्मक कार्यलाई अनुकूलन गर्न बहुआयामिक एकीकरण अध्ययन पनि गरिने जनाइएको छ ।

सन् २०३० जनवरी सम्ममा सञ्चालन सुरु हुने अपेक्षा गरिएको यस परियोजनालाइ मध्य प्रदेश मेट्रो रेल कर्पोरेसन लिमिटेडले सञ्चालन गर्ने जनाइएको छ ।