२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा भएको इजरायली आक्रमणमा १२ जनाको मृत्यु



अ+ अ-

गाजा। गाजा पट्टीमा बुधबार भएको इजरायली आक्रमणमा १२ जना प्यालेस्टिनीहरू मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले चिकित्सा स्रोतलाई उद्धृत गर्दै गाजा सहरको दक्षिणपूर्वमा अल–जेइतुनमा विस्थापित व्यक्तिहरूको आश्रय स्थल बनेको अल–फलाह स्कूलमा गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको तथा अन्य घाइते भएको रिपोर्ट गरेको छ ।

गाजाको उत्तरपूर्वी क्षेत्रमा भएको बम विस्फोटमा एकजना मारिएको र अन्य घाइते भएको स्रोतले बताएको छ । स्रोतले गाजाको दक्षिणपश्चिममा ताल अल–हवामा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको समेत जनाएको छ

मध्य गाजा पट्टीको नुसिरात शरणार्थी शिविरमा इजरायलले गरेको गोलाबारीमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । दक्षिणी गाजा पट्टीको वितरण केन्द्र नजिकै इजरायली गोलाबारीमा एक जना मृत्यु भएको र अन्य घाइते भएको जनाइएको छ ।

गाजाको पश्चिममा रहेको अल–शती शरणार्थी शिविरमा इजरायली ड्रोनले बम प्रहार गर्दा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा शिविरमा लगातार एक हप्तादेखि बमबारी हुदाँ दर्जनौँको मृत्यु हुनुको साथै कयौँ घाइते भएको जनाइएको छ ।

केही समय अघि, चिकित्सा स्रोतहरूले गाजामा १९ जनासहित २३ जनाको ज्यान लिएको घोषणा गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले सेप्टेम्बर २०२५ मा मात्र गाजा पट्टीमा दुई हजार १०६ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।  (रासस/क्यूएनए)