४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गाजामा भएको इजरायली आक्रमणमा १२ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा १२ जनाको मृत्यु
अ+ अ-

गाजा। गाजा पट्टीमा बुधबार भएको इजरायली आक्रमणमा १२ जना प्यालेस्टिनीहरू मृत्यु हुनुका साथै अन्य घाइते भएको जनाइएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए) ले चिकित्सा स्रोतलाई उद्धृत गर्दै गाजा सहरको दक्षिणपूर्वमा अल–जेइतुनमा विस्थापित व्यक्तिहरूको आश्रय स्थल बनेको अल–फलाह स्कूलमा गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु भएको तथा अन्य घाइते भएको रिपोर्ट गरेको छ ।

गाजाको उत्तरपूर्वी क्षेत्रमा भएको बम विस्फोटमा एकजना मारिएको र अन्य घाइते भएको स्रोतले बताएको छ । स्रोतले गाजाको दक्षिणपश्चिममा ताल अल–हवामा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको समेत जनाएको छ

मध्य गाजा पट्टीको नुसिरात शरणार्थी शिविरमा इजरायलले गरेको गोलाबारीमा दुई प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । दक्षिणी गाजा पट्टीको वितरण केन्द्र नजिकै इजरायली गोलाबारीमा एक जना मृत्यु भएको र अन्य घाइते भएको जनाइएको छ ।

गाजाको पश्चिममा रहेको अल–शती शरणार्थी शिविरमा इजरायली ड्रोनले बम प्रहार गर्दा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा शिविरमा लगातार एक हप्तादेखि बमबारी हुदाँ दर्जनौँको मृत्यु हुनुको साथै कयौँ घाइते भएको जनाइएको छ ।

केही समय अघि, चिकित्सा स्रोतहरूले गाजामा १९ जनासहित २३ जनाको ज्यान लिएको घोषणा गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले सेप्टेम्बर २०२५ मा मात्र गाजा पट्टीमा दुई हजार १०६ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ ।  (रासस/क्यूएनए)