२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु



अ+ अ-

दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन् ।

डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाउनु भएको छ ।

अनपेक्षित घटनाले अनायसै २६ जना यात्रुहरूको ज्यान लिएको रिपोर्ट गरिएको उहाँले जनाउनु भएको छ ।

नाइजेरियाको व्यस्त नदीहरूमा अत्यधिक भार बोकेका डुङ्गाहरू, उचित मर्मत सम्भार अभाव र सुरक्षा नियमहरू पालना नगर्नाले दुर्घटनामा पर्ने गरेको जनाइएको छ ।

गत महिना मात्र नाइजर राज्यमा एण्टा डुङ्गा रूखको स्टम्पमा ठोक्किएर दुर्घटना हुदाँ कम्तीमा ३२ जनाको ज्यान गएको बताइएको छ ।

अगस्टको अन्त्यमा, उत्तरपश्चिमी राज्य सोकोटोमा करिब ५० जना यात्रु बोकेको डुङ्गा पल्टिएर दुर्घटना ग्रस्त हुदाँ तीन जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएको जनाइएको छ । रासस