४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतिक खःमेय जात्रा

ब्रम्हायणी मन्दिरमा महिषासुर राक्षसको प्रतिक खःमेय जात्रा
अ+ अ-

भक्तपुर। महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाईने खःमेय् अर्थात राङ्गो जात्रा सम्पन्न भएको छ ।

धार्मिक मान्यताअनुसार महिषासुर राक्षसको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात राङ्गोलाई ल्याएर नवदुर्गा मन्दिर बाधेर राख्ने र सोही राङ्गोलाई आज मन्दिरदेखि डौडाएर ब्रम्हायणी मन्दिर पुर्याएर त्यसको बध गरि जात्रा मनाउने प्रचलन रहेको छ ।

नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोम दुई चक्रसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, १०० धार्नी तौल भएको राँगो चाहिने मान्यता रहँदै आएको छ ।

महानवमीको दिन त्रिपुरा सुन्दरी देवी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने विश्वासका आधारमा खःमेय्को बध गरेर जात्रा मनाउने परम्परा रहेको संस्कृतिविद प्रकाश कायस्थले जानकारी दिनुभयो ।

नवदुर्गा मन्दिरमा  खःमेय् अर्थात राँगोलाई आज साँझ तान्त्रिक विधिले पूजा गरी टन्न जाँडको कट खुवाएर शरीर भरी र तेल दलेर लठ्ठ बनाई सयौं भक्तजनले नवदुर्गा मन्दिरबाट राँगोलाई तान्दै लखेट्दै दायाँबायाँ सुकुन्दा बालेर दौडाइएको थियो । खःमेय् अर्थात राँगोलाई भक्तपुरको बजारै बजार दौडाउँदै च्याम्हसिंह सडक निकालेर ब्रम्हायणी खोलामा पुर्याईको खोलाको पानी छम्कदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिईएको छ ।

तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात महिषासुर राक्षरसको रुपमा राङ्गोको बलि दिएर जात्रा मनाएको हो । खमेयको बध गरेसंगै हजारौ स्थानीयले मासुको टुक्रा लैजानेको भीड लागेको छ । एक टुक्रा मासुका लागि हजारौले मासु लुछेर लैजाने परम्परा छ ।

उक्त राँगोको मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई तिहारको लक्ष्मीपूजाका दिन धूप बाल्ने गर्दछन् । उक्त मासुको धुप बाल्दा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने  जनविश्वास रहेकाले राँगोको एक टुक्रा मासु लिन पनि भिड लाग्ने गर्दछ ।

योसंगै आज रातभरी नै हजारौ मानिसको भीड र जात्रा लाग्ने गर्दछ । आज भक्तपुरमा रातभरी जात्रा हुने र ब्रम्हायणीमा भोली दिनभरी पनि मेला लाग्ने गर्दछ । रासस