२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँघरबाट लोप हुँदै रोटे पिङ र लिङ्गेपिङ



अ+ अ-

सङ्खुवासभा। सङखुवासभामा दसैँ–तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । दसैँका बेला खेलिने चर्खेपिङ (काठे पिङ) गाउँगाउँमा हराउँदै जान थालेका छन् ।

मेला महोत्सवमा बिजुलीबाट चल्ने ठूला खालका पिङ राख्ने गर्नाले स्थानीयस्तरमा नै तयार गरिने काठे पिङको चलन हराउँदै जान थालेको हो । वर्षको एक दिन भुइँ छाड्नु पर्छ भन्ने मान्यताअनुसार धेरैले पिङ खेल्न रुचाउँछन् ।

चर्खेपिङ बनाउन ठूला–ठूला काठ चाहिने र काठ पाउन मुस्किल पनि हुने भएकाले यस्ता पिङको चलन कम हुँदै गएको छ । पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । केही वर्षअघिसम्म सङ्खुवासभाका गाउँगाउँमा दसैँ–तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो ।

जिल्लाका केही स्थानमा मात्र रोटे पिङ पनि भनिने चर्खेपिङ अर्थात् काठे पिङ देख्न सकिन्छ । गाउँमा पिङ नभएपछि जमघट र भेटघाट कम हुने गरेको पाइन्छ । पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिछन् । गाउँमा कुनै बेला शुभकामना साटसाट गर्ने स्थल पिङ मानिन्थ्यो । रोटेपिङ र लिङ्गेपिङ अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । रासस