४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भौतिक पूर्वाधारमन्त्री कुलमानबाट वीपी राजमार्गको निरिक्षण

भौतिक पूर्वाधारमन्त्री कुलमानबाट वीपी राजमार्गको निरिक्षण
अ+ अ-

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनःनिर्माण बारे नवमीको दिन बुधबार निरिक्षण गरेका छन् ।

चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गवाट यात्रा गर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पु-याएको क्षति पश्चातको पुनः निर्माणको अवस्था बारे बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयम् सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरु सहित फिल्डमा खट्नु भएको हो ।

संघीय राजधानीलाई पूर्वी क्षेत्र संग जोड्नको लागि महत्वपूर्ण रहेको उक्त वीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भईरहेको ईन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाईने छ ।

उहाँले चाडपर्वमा काठमाण्डौ आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थाई रुपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रुपमा भईरहेको राजमार्ग पुनःनिर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गर्नुभयो । गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ । बाँकी रहेको खण्ड भने जाईकाले अनुदान सहयोगमा बनाईदिने भएको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताउनुभएको छ । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले पूर्वी नेपाल र तराइलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रुपमा रहेको वीपी राजमार्गलाई जति सक्यो छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिनुभयो । उहाँले गत वर्षको असोजमा रोशी खोलाको बाढीले क्षति पुर्‍याएको सडक खन्ड पुनर्निर्माणको लागि अहिले ठेक्काका कामहरू भइरहेको पनि बताउनुभयो ।

‘नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे २ किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ । दशैँ तिहारपछि काम तीव्र गतिमा सुरू गर्नेगरी तयारी भइरहेको छ । छिटो भन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौँ ।’ मन्त्री घिसिङले भन्नुभयो ।

दशैँ लगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो । यस्तै, अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गर्नुभएको छ ।

मन्त्री घिसिङले भन्नुभयो, ‘असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पुर्वानुमान छ, यसबाट वीपी राजमार्ग र नारायणगढ–मुग्लिन तथा नारायणगढ–बुटवल सडक खन्डमा जोखिम रहेको भन्ने कुरा आएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्रा यात्रा गर्न आग्रह गर्दछु ।’