१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा चट्याङ लागेर महिलाको मृत्यु



अ+ अ-

सुरुङ्गा । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उहाँ घाइते हुनुभएको थियो । मुसहर बस्ती निवासी उहाँ खेतमा बाख्रा लिन गए बेला उहाँलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उहाँको बाटोमा नै मृत्यु भएको हो । रासस