२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्वस्थ माछा–मासु खाँदा लाग्छन् डेढ सय बढी रोग, यस्तो छः मासु खाने तरिका



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा—मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताउनुभएको छ ।

उहाँले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । मासुका परिकारहरु बढी खाने, जंकफुडहरु खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताउनु भयो ।

स्वस्थ माछा मासु प्रयोग गर्नसके मात्रै पोशक तत्व प्राप्त हुने उहाँको भनाइ छ । सेकुवा, तारेर, भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताउनु भयो । छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको बताउनु भयो । मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने बताउनु भयो । मर्निङ वाकलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलको कारणले स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छन् । कसैमा भइरहेको स्वास्थ्य समस्यामा जटिलता आउने हुनसक्छ । स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य समस्या देखिएर आकस्मिक समस्या हुनसक्छ । त्यसकारण हामीले हाम्रो खानपानमा ध्यान दिनुपर्छ । हरेक समयमा मासुका विभिन्न परिकार खाने बानी छ । समय व्यस्त भएका कारण घरमा तयार गरेका नभइ जंकफुडहरु किन्ने र खाने बानी छ । आफ्ना नियमित रुपमा भएका व्यायाममा विश्राम लाग्छ र त्यसले बढी स्वास्य समस्या निम्त्याउँछ ।

स्वस्थ रुपमा माछा मासु प्रयोग गर्नुभयो, थोरै मात्रामा र ताजा माछा मासु प्रयोग गर्ने हो भने त्यसले स्वास्थ्यको लागि पोशक तत्व दिन सहयोग गर्दछ । रोगी पशुपंक्षी, वधशाला स्वस्थ छैन भने वा धेरै मासु, चिल्लो खानुभयो भने तपाईंहरुलाई १ सय ६० भन्दा बढी प्रकारका रोगहरु र स्वास्थ्य समस्या निम्तिने गर्दछन् । सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ । त्यसले कब्जियत, झाडापखाला, खाद्य नलीको क्यान्सरको समस्या निम्तिन्छ । काँचो मासुबाट पनि रोग निम्तिन्छ ।

गोठदेखि ओठसम्म शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुन्छ । मासु खाँदा प्रेसर कुकरमा ५—६ सिठी लगाएर झोलिलो खानु राम्रो हुन्छ । माछा मासु सेवन गर्दा जहिले पनि हरियो साग शब्जी पनि सँगसँगै खानुपर्छ । दालहरु, सलाद पनि खानुपर्छ । माछा, मासु मात्रैले पनि स्वास्थ्यमा नकारात्मक असर गर्दछ । मर्निङ वाकलाई निरन्तरता दिनुपर्छ ।’

उहाँले दीर्घरोगीहरुले पनि आफ्नो समयअनुसार दैनिक रुपमा औषधि सेवन गर्नुपर्ने सुझाव दिनुभयो । चाडवाडका समयमा पहिलै औषधिहरु किनेर राख्न पनि सुझाव दिनुभयो । भरसक सेतो मासु खान आग्रह गर्नुभयो । कुखुरा, माछा वा अन्य पंक्षीहरुको मासु खान सुझाव दिनुभयो । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुनेले स्वास्थ्य समस्या निम्त्याउनसक्ने बताउनु भयो ।