६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले वेस्ट इन्डिजलाई दियो एक सय २३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। काठमाडौं, असोज १४ गते।  युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम  खेलमा नेपालले वेस्ट इण्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल बनाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेलले ३९ रन बनाए । उनले २९ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ३९ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा एक छक्कासहित १७ रन बनाए भने सन्दीप जोराले १४, कुशल मल्ल्ले १२, गुल्शन झाले १० रन बनाए ।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन जोड्न सकेनन् । वेष्ट इण्डिजका लागि रमन सिमाण्ड्सले चार विकेट लिए भने जेडिवाह ब्लाड्सले दुई विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा वेष्टइण्डिजलाइ १९ रन र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।