४ भाद्र २०८३, बिहीबार
,
Latest
राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको गाजा योजनाको जाँच गरिरहेको छः हमासको नजिकको प्यालेस्टिनी स्रोत



अ+ अ-

खान युनिस। हमासको नजिकको एक प्यालेस्टिनी स्रोतलाई उल्लेख गर्दै एएफपीले हमासले इजरायली प्रधानमन्त्रीको समर्थनमा रहेको गाजा युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।

“हमासले प्यालेस्टाइन र विदेशमा आफ्नो राजनीतिक र सैन्य नेतृत्व भित्र श्रृङ्खलाबद्ध परामर्श सुरु गरेको नाम न छाप्ने सर्तमा बोल्दै स्रोतले जनाएको छ ।

“आन्दोलन सबै प्रस्तावहरूका लागि खुला रहेको र यसले हमास र प्रतिरोध गुटहरू दुवैको प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रतिक्रिया प्रस्तुत गर्ने जनाइएको ।

“विशेष गरी दोहामा इजरायली आक्रमण पछि नेतृत्वलाई कुराकानी गर्न गाह्रो भएकाले छलफल गर्न केहि दिन लाग्न सक्ने स्रोतले जनाकारी दिएको छ ।

यसै गरी अर्को एक प्यालेस्टिनी स्रोतले पनि हमासले ट्रम्पको योजनाको जाँच गरिरहेको पुष्टि गरेको छ ।(रासस÷एएफपी)